×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चुनावको मुखैमा एमालेलाई लाग्यो ठुलो झड्का, अर्वपति विनोद चौधरी कांग्रेसमा प्रवेश

काठमाडौँ – उद्योगपति विनोद चौधरीले नेकपा एमाले परित्याग गरेका छन् । चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद थिए ।
एमालेभित्र माधव नेपाल निकट रहेका चाैधरी केपी ओली शक्तिमा आएसँगै छाँयामा परेकाथिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका निकटतम पात्र चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो ।
अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेकाे स्राेतकाे भनार्इ छ । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गरेका छन् । चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुन ।
फोर्ब्सले जनाए अनुसार अहिले उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । धाैरीकाे अागमनले कांग्रेस खुशी भएकाे छ । यता एमालेकाे माधव नेपाल पक्षलार्इ भने ठुलाे धक्का लागेकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: