×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७ महिनाकै उच्च विन्दूमा डलरको भाउ !

काठमाडौँ – नेपाली रुपैयाँ ७ महिनामै सबैभन्दा बढी अवमूल्यनमा परेको छ । नेपाली मुद्रा अमेरिकी डलरसँग ७ महिनामै सबैभन्दा धेरै अवमूल्यनमा परेको हो । 
नेपाल राष्ट्रबैंकले बुधबारका लागि अमेरिकी डलरको खरीद दर १०४.५० रुपैयाँ र बिक्री दर १०५.१० रुपैयाँ तोकेको छ । गत मार्च १९ पछि अमेरिकी डलर यति धेरै मजबुत भएको थिएन । 
मार्च १९ मा अमेरिकी डलरको खरीद दर १०४.५६ रुपैयाँ र बिक्री दर १०५.१६ रहेको थियो । अमेरिकी अर्थतन्त्र सवल बन्दै जाँदा यसको प्रभाव डलरमा परेको हो । 

अमेरिकी डलर मजबुत बन्दै जाँदा र त्यसको तुलनामा नेपाली रुपैयाँ अवमूल्यनमा पर्दा नेपालजस्तो देशलाई घाटा र फाइदा दुवै हुन्छ । रेमिटान्समा आधारित अर्थतन्त्र भएकोले विदेशमा काम गर्ने नेपालीहरुले पठाउने रकम वृद्धि हुन्छ । निर्यातजन्य वस्तुहरुलाई समेत डलरमै खरीद गरिने भएकोले निर्याततर्फको आम्दानी बढ्नेछ । 
तर, आयातमुखी अर्थतन्त्र भएकोले खर्च समेत औधी बढ्नेछ । वस्तुहरुको आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने भएकोले आयाततर्फको खर्च वृद्धि हुुने भएको हो । देशले तिर्नुपर्ने वैदेशिक ऋणको भार समेत डलर मजबुत हुँदा बढ्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: