एभरेष्ट बैंकको सेयर लिलामी आजदेखि बिक्री खुला, कहाँ जाने फारम भर्न ?
Powered by Blogger.
एभरेष्ट बैंकको सेयर लिलामी आजदेखि बिक्री खुला, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एभरेष्ट बैंकको शुक्रबारदेखि ३५ हजार ८४१ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । यसअघि एभरेष्टले भदौ २५ देखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्तामा मात्र आवेदन परेको थियो । ३५ हजार ८४१ कित्ताका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामीमा ल्याएको हो । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा त्यसभन्दा बढी भाउ तोकी यसमा निवेदन दिनुपर्नेछ । यो लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज २७ गते तोकिएको छ । लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २९ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ । फारम बिक्री प्रबन्धक एनआइबील क्यापिटलमै पाइनेछ । 

यसअघि पर्याप्त आवेदन नपरेपछि एभरेष्टको यस लिलामीमा १०० रुपैयाँ भाउ तोक्नेले पनि सेयर पाउन सफल भए । जबकी यही लिलामीमा अधिकतम १३ सय रुपैयाँ भाउ तोकेर पनि लिलामी भर्नेहरु पनि थिए । लिलामी सेयर असोज २ गते बाँडफाँट गरिएको थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको एभरेष्टले असार १८ गतेदेखि साउन २२ गतेसम्म १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला सबै सेयर बिक्री नभएपछि बैंकले लिलामीमा ल्याएको हो । 

प्रकाशित मिति : Friday, October 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...