गरिमाका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने, सेयर किन्न कसले पाउँछ ?
Powered by Blogger.
गरिमाका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने, सेयर किन्न कसले पाउँछ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहको सेयर बिक्री गर्ने भएका छन् । तर कति कित्ता बिक्री गरिने भनेर चाहिँ बैंकले खुलाइएको छैन । यसमा गरिमा बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी सूचना आव्हान हुनेछ । 

सेयर खरिद गर्न इच्छुक व्यत्तिले सूचना सार्वजनिक भएको ३५ दिन (कात्तिक २७ गते) भित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा गएर के कति सेयर खरिद गर्ने भन्ने बिवरण बुझाउनुपर्नेछ । हाल बैकको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गरिमाको रिजर्भ कोषमा ६२ करोड ५५ लाख ६३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा रहेको गरिमाको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३८ पैसा छ ।

प्रकाशित मिति : Tuesday, October 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...