Breaking News [नयाँ बानेश्वरमा गोली चल्यो]

काठमाडौँ  – काठमाडौँको नयाँ बानेश्वरमा भर्खरै गोली चलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले गोली चलेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्‍तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुई देखि तीन सय मिटर पैदल हिँडी गोली चलाएका थिए ।

घाइतेलाई सिभिल अस्पताल लगिएको छ ।
प्रकाशित : Monday, October 09, 2017

recent

Popular Posts