गृह मन्त्रालय आफूले लिनासाथ आइजीपी फेर्दै देउवा
Powered by Blogger.
गृह मन्त्रालय आफूले लिनासाथ आइजीपी फेर्दै देउवा

काठमाडौँ - सरकारले नेपाल प्रहरीको प्रमुख ((आईजीपी) फेर्ने तयारी गरेको छ । माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाएर विना विभागीय बनाई गृह मन्त्रालय आफै सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रमुख प्रकाश अर्याललाई उपयुक्त पद ९ सुरक्षा सल्लाहकार० मा सरुवा गरेर जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्नै लागेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।

अदालतका कारण फूली लगाउनबाट वञ्चित भएर एआईजीमा चित्त बुझाएका थिए । उनी भर्खरै मात्र एमालेमा प्रवेश गरेका डीआईजी नवराज सिलवालका कारण आईजीपी हुन पाएका थिएनन् ।

अदालतमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले एमालेको निर्देशनमा सिलवलाको पक्षमा फैसला गरेपछि चन्दले सरकारबाट आईजीपी नियुक्त भएर पनि फूली लगाउन पाएका हुन् । अब भने देउवाले चन्दमाथि न्याय गर्न लागेका छन् । ‘गृह मन्त्रालय आजबाट सम्हाल्नुभएका देउवा दाईले अबको तीन दिनभित्र आईजीपी फेर्नुहुन्छ । अन्यायमा परेका जयबहादुर चन्द अबको आईजीपी हो,’ बालुवाटार स्रोतले भन्यो । - एस काठमाडौँ 

प्रकाशित मिति : Wednesday, October 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...