×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइसीएफसी फाइनान्सको नाफा ६५.७३% ले बढ्यो, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १७ पैसा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमामसका आइसीएफसी फाइनान्सले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा यो अघिल्लो वर्षको सोहि अवधिमा ६५.७३% ले धेरै हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ६५.९१% बढेको छ । खुद ब्याज आम्दानी भने २९.८८% ले घटेर २२ करोड ९३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । हाल फाइनान्सको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ । 
कम्पनीले १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: