सपोर्ट माइक्रोफाइनान्सको बुधबारदेखि १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला हुँदै
Powered by Blogger.
सपोर्ट माइक्रोफाइनान्सको बुधबारदेखि १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला हुँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असोज १८ गते देखि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बिक्री खुला हुँदैछ । सपोर्टले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २% सेयर कर्मचारी र ५% सेयर सामूहिक लगानी कोषहरुका लागी छुट्याइएको छ । 

यसआधारमा, कर्मचारीले ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुले ९ हजार ५०० कित्ता सेयर पाउनेछन । बाँकी रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । सपोर्टको आइपीओ असोज २३ गतेसम्म भर्न पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

तर, आइपीओमा लगानीकर्ताको आकर्षण धेरै भएकाले असोज २३ मै निष्कासन बन्द हुने देखिन्छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् । त्यसैगरी, आस्वा अनुमति पाएका सम्पूर्ण बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ । हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित मिति : Tuesday, October 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...