×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिर्तामोडमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, दुई युवकको मृत्यु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बिर्तामोडमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, दुई युवकको मृत्यु

झापा  – झापाको बिर्तामोडमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेपछि भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा अर्जुनधारा–११ का नरेश थापा र बिर्तामोडका देवकुमार चौधरी रहेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । तर, कर्फ्यु आदेशपछि पनि मान्छेको चहलपहल रोकिएको छैन ।
अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्युको विषयलाई लिएर शुक्रबार विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए । गत असोज १५ गते सिवाकोटी घरबाट ६ किलोमिटर टाढा बिर्तामोड—१ बैशावाडीमा पानीमा डुबेको अवस्थामा मृत भेटिएका थिए । आफन्तले सिवाकोटीको हत्या भएको भन्दै ८ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: