×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालुवाटार पुगेका कमल थापाले देउवाको झाँको झारेपछि…

काठमाडौँ – आफूसँगको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त गरेका छन् ।
आफूसँगको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त गरेका छन् । कांग्रेस राप्रपाबीच चुनावी गठबन्धनका लागि भएको सहमतिमा चाहिँ ७ सिट राप्रपालाई दिने उल्लेख छ, जसमा झापा ३ राप्रपाको भागमा पारिएको छ ।
तर कांग्रेसको संसदीय समितिले सोमबार प्रतिनिधि सभाको प्रत्यक्षतर्फका थप ७ उम्मेदवारको नाम सार्वजनिक गरिदियो, जसमा झापा ३ बाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने उल्लेख छ । सिटौलाको नाम सार्वजनिक भएलगत्तै सोमबार दिउसो दुई बजे अध्यक्ष थापा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा थापाले देउवासँग आक्रोस पोखे, ‘झापा ३ राप्रपालाई दिने लिखित सहमति गरेर अहिले धोका दिने ?’
थापाले आक्रोस पोखेपछि देउवा सिटौलाका कारण आफू अप्ठेरोमा परेको जवाफ दिएका स्रोतले जनाएको छ । देउवाको भनाई थियो, ‘के गर्नु, सिटौलाले छाड्नै मानेन् । मैले उसको चित्त बुझाउन सकिन । मेरो समस्या बुझिदिनु पर्‍यो ।’ सिटौलालाई ब्याक गराउनु पर्ने माग थापाले राखेपछि ‘सरी, मैले सक्दिन’ भन्ने जवाफ दिए । देउवाको यस्तो पार्टी बैठक डाकेर झापा ३ बाट महामन्त्री राजेन्द्र लिङ्देनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको थियो । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: