×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, “कर्पोरेट पे” सेवाको सञ्चालन गरिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच “कर्पोरेट पे” सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सेवामार्फत कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्नेछन् । बैकंले सो सम्झौतापश्चात यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ । 
बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिङ प्यालटर्फम मार्फत ग्राहकहरुलाइ सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: