×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कन्काई विकास बैंकको खुद नाफा ३६.५२% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

काठमाडौं – कन्काई विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा  ३६.५२% ले वृद्धि गरि २ करोड ६२ लाख ८ हजार रुपैयाँ  कमाएको छ । गत वर्ष बैंकले १ करोड ९१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: २७.४३% र २५.७४% वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ७ करोड ४६ लाख १५ हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा २ करोड ७० लाख ८८ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्म बैंकको बैंकले १ अर्ब ९० करोड ९८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने  १ अर्ब ८२ करोड ३६ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ८८ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २६.५४% कम हो। 
बैंकको खराब कर्जा ०.७६% रहेको छ भने  प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ २१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: