×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: एमालेबाट दाङ ३ मा कोमल ओली उम्मेदवार सिफारिस, अरु कोको परे सिफारिसमा ?

भर्खरै राष्ट्रिय प्रजातान्त्रिक परित्याग गरेर एमालेमा प्रवेश गरेकी गायिका तथा रेडियोकर्मी कोमल ओली आगामी निर्वाचनमा एमालेका तर्फबाट दाङ जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्ने भएकी छिन । वलीलाई एमालेको क्षेत्रिय कमिटिले दाङको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फबाट उम्मेदवारका लागि सिफारिस गरेको हो।
संघको एकदेखि ३ र प्रदेशको एकदेखि ६ सम्मका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली जिल्ला कमिटिलाई सिफारिस गरिएको हो । जसअन्तर्गत एकनम्बर क्षेत्रबाट संघमा प्रत्यक्षतर्फ नारायाण डिसी, मेटमणी चौंधरी सुशीला शर्मा रहेका छन् भने समानुपातिकमा सरस्वती गौतम र गणेश चौधरीलाई सिफारिस गरिएको संयोजक मिना गुरुङले बताइन् ।

त्यसैगरी प्रदेशको प्रत्यक्षतर्फ १ ‘क’ मा रामप्रसाद गैरै, सुर्यप्रकाश शर्मा, किरण भण्डारी, मधा न्यौपाने, हरी वेलबासे र शोभाकर भुसाल रहेका छन् भने समानुपतिकतर्फ सीता यादव, वृहस्पती श्रेष्ठ, चिमा अधिकारी, चन्चला चौधरी , कमला आचार्य , कमलापति चौधरी, मोहन सिङ बुढा, मता केसी, इन्दिरा चौंधरी र गोविन्द विक सिफारिसमा परेका छन् ।

त्यस्तै १ ‘ख’ मा प्रदेशको प्रत्यक्षतर्फ रतन कुमार केसी, रेवतीरमण शर्मा सिता चौंधरी रहनुभएको छ भने समानुपातिक तर्फ डिल्ली बहादुर खड्का, सिल्पा चौंधरी, झुपनारायण चौधरी, तिलक बहादुर केसी, विष्णु पौडेल, सुर्यराज गौतम, वेदनिधी धिताल, शोभा घिमिरे, गौरब सिङ महरा, गोपाल विक, सहित सात जनालाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ मा संघको प्रत्यक्षतर्फ शंकर पोख्रेललाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ शान्ता चौंधरी, महेश चौधरी र गिरीराज केसी सिफारिस भएका छन् । त्यसैगरी २ ‘क’ मा प्रदेशको प्रत्यक्ष तर्फ बली राना, हुमा डिसी रहेका छन् भने समानुपातिकतर्फ लक्ष्मी थापा, सम्भु गौतम, हेमराज पुन र लक्ष्मण आचार्यलाई सिफारिस गरिएको क्षेत्र नं ३ का संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।

त्यस्तै २ ‘ख’ मा प्रदेशको प्रत्यक्षतर्फ अम्मर डाँगी, तुलसा केसी र टीकाराम खड्का रहेका छन् । समानुपातिकतर्फ हिरा पुन, देवराज विश्वकर्मालाई सिफारिस गरिएका छन् । त्यसैगरी क्षेत्र नम्बर ३ मा संघको प्रत्यक्षमा युवराज ज्ञावली, हिराचन्द्र केसी, सारदा स्वर्णकार र कोमल वली रहेका छन् भने समानुपातिक तर्फ डम्बर वली, नारायण आचार्य र धमकली चौंधरीलाई सिफारिस गरिएको छ ।
३ ‘क’मा प्रदेशको प्रत्यक्षतर्फ नेत्रमणी लामीछाने, कृष्ण भुसाल, अनारकली मिया हुकुम बस्नेत, जोगबहादुर राना र लोकमणी आचार्य रहेका छन् भने समानुपातिकतर्फ कोमल वली, रेखा शर्मा, मंगल चौधरी प्रेमबक्स मिया, कृष्णगोपाल गुप्तालाई सिफारिस गरिएको क्षेत्र नं ३ का संयोजक उत्तरकुमार वलीले जानकारी दिए । त्यसैगरी प्रदेशको प्रत्यक्ष तर्फ ३ ‘ख’मा उत्तरकुमार वली रहेका छन् भने समानुपातिकतर्फ जोगराज गिरी, सिमा न्यौपाने, अमृत गौतम, सारदा शाह, यमएन शाह र तीलक केसीलाई सिफारिस गरिएको छ ।
क्षेत्रीय कमिटीलेअसोज १९ गते (आज) जिल्ला पार्टी कार्यालयमा सुझावसहित सिफारिस गरिएका नामावलीको सूचि पेश गर्ने क्षेत्रीय संयोजकहरुले जानकारी दिएका छन् । क्षेत्रीय कमिटीबाट आएका नामावलीको पनि छनौट गरेर प्रदेशसमा सिफारिस गर्ने एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: