उपप्रधानमन्त्री कृष्णबहादुर महरा कार्यकक्ष छाडेर भागे !
Powered by Blogger.
उपप्रधानमन्त्री कृष्णबहादुर महरा कार्यकक्ष छाडेर भागे !


काठमाडौँ  – उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छाडेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छाडेका हुन् ।

उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शुक्रबार माओवादी केन्द्रको बैठक बसेको थियो । तर, उसले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए । - काठमाडौँ टुडे 

प्रकाशित मिति : Sunday, October 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...