×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पार्टीभित्रै सिटौलालाई सौतेनी व्यवहार, शीर्ष २२ नेताभित्र पनि नाम परेन

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा नेता प्रकाशमान सिंहपछिको वरियताक्रममा रहेका शीर्ष नेता एबम पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीका २२ जना नेताको निर्वाचन क्षेत्र सार्वजनिक हुँदा पनि त्यसभित्र अटाएनन । पार्टीबाट समानुपातिकको सूचीमा परेका सिटौलाले प्रत्यक्षमा उम्मेदवार बन्न खोज्दा पार्टीले नदिएपछि कांग्रेसमा नयाँ बहस शुरु भएको छ ।
शान्ति प्रक्रियाका एक मुख्य पात्र सिटौला कांग्रेसभित्र गणतन्त्र र धर्म निरपेक्षताको अभियन्ता हुन् । तीनै गणतन्त्रवादी सिटौलाको क्षेत्र राजतन्त्र फर्काउने अभियानका राप्रपाका नेता राजेन्द्र लिङदेनलाई दिन खोजिनु संयोगमात्र नभएको सिटौला निकटस्थहरुले आरोप लगाएका छन् ।
कांग्रेसभित्र सिटौलाका मुख्य सहयोगी मानिएका एक नेताले भने, ‘सिटौलाले निश्चित जित्ने गरी बनाइएको र २०५१ सालदेखि एक पटक बाहेक लगातार जितेको क्षेत्र राजतन्त्र र हिन्दुवादी राजेन्द्र लिङ्देनलाई नियोजित रुपमा छाड्न लागिएको छ । यसमा कांग्रेसभित्रका गणतन्त्र बिरोधीहरु लागेका छन् ।’
झापा ३ मा स्थानीय तहको वडा तहको मतपरिणाम हेर्दा एमालेको २२ हजार, कांग्रेसको २० हजार र राप्रपाको झण्डै १३ हजार मत छ । सिटौला उम्मेदवार हुँदा कांग्रेस जित्ने निश्चित रहेको क्षेत्र राप्रपालाई दिन ठूलो डिजाइन भएको उनको आरोप छ ।
सिटौलालाई कार्यकर्ताले प्रत्यक्ष उम्मेदवार बन्न तीव्र दबाब दिएका छन् । तर, उनलाई उम्मेदवार बन्नबाट रोक्नकै लागि राप्रपाका अनुदार नेता लिंङदेनलाई छाडन् खोजिएको आरोप सिटौला पक्षको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: