×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

औषधि अभावले गर्दा बिरामी मर्कामा

कपिलवस्तु – कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा स्थित भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।
अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा अब्दुल कलाम मनिहारले बताए ।
ज्वरो आएको, टाउको दुखेकोे औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेको उहाँको गुनासो रहेको छ । करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाउन नसकेको स्थानीय हरिराम कुर्मीले बताउनुभयो ।
कुर्मीले भन्नुभयो “मेडिकलमा औषधि किन्न सक्ने क्षमता छैन र मेडिकल यस क्षेत्रमै छैन, कि त कृष्णनगर जानु पर्यो कि त बहादुरगञ्ज, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी कुराकानी गरेरै दिन बिताउने गर्दछन् ।”
बिरामी उपचारका लागि आउने गर्दछन् तर डाक्टरले भए सामान्य औषधि दिन्छन् नत्र औषधि छैन भनेर पठाउने गर्दछन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो रहेको छ । स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय नागरिक जाने गरेका छन् ।
त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ । आइरन चक्की अतिआवश्यक औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन । सरकारले सम्पूर्ण अधिकार तथा बजेट स्थानीय तहमा पठाएको छ तर स्थानीय निकायले भने स्वास्थ्य संस्थामा औषधि पठाएका छैनन् ।
जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयमा औषधिको अभावबारे जानकारी गराए पनि कार्यालयले स्थानीय निकायमा जान भनेको अनमी अनिता अधिकारीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले अब स्वास्थ्य कार्यालयले कुनै कार्यक्रम नआई औषधि दिन नसक्ने बताउनुभयो ।
सरकारले अब सबै जिम्मा स्थानीय तहलाई दिएको बताउँदै स्वास्थ्य चौकीका प्रमुखले नगरपालिकासँग माग गर्न आग्रह गर्नुभयो । सरकारले ७० प्रकारका औषधि स्वास्थ्य चौकीमा दिने गरेको भएपनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि औषधि नभएको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: