माछापुच्छ्रेको कात्तिक ५ देखि १ लाख ६० हजार कित्ता लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कात्तिक ५ देखि माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । बैकले संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४०.२४ कित्ता लिलामीमा ल्याउन लागेको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा मात्र आवेदन दिन सक्नेछन् । 

यसमा आवेदन दिने अन्तिम म्याद कात्तिक १३ गतेसम्म तोकिएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत माछाले साउन ५ देखि भदौ ७ गतेसम्म ७९ लाख १८ हजार ४४० (१२%) कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा २७ हजार ७९ जनाले ७७ लाख ५७ हजार ६९७.३६ कित्ताका लागि मात्र आवेदन दिएका थिए । यसआधारमा १ लाख ६० हजार ७४२.६४ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको बाँकी सेयर माछाले यतिबेला लिलामीमा ल्याएको हो । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौँमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । संस्थापक समूहको बोलपत्र कात्तिक १४ गते दिउसो ३ बजे र सर्वसाधारण समूहको सोही दिन ३.३० बजे एनएमबि क्यापिटल नागपोखरी, काठमाडौँमा खोलिनेछ । 
प्रकाशित : Friday, October 13, 2017
Loading...

recent

Popular Posts