तिहारका लागि १५ लाख थान माला आवश्यक, के भन्छन् एसोसिएसन अध्यक्ष श्रेष्ठ ?
Powered by Blogger.
तिहारका लागि १५ लाख थान माला आवश्यक, के भन्छन् एसोसिएसन अध्यक्ष श्रेष्ठ ?

काठमाडौं - तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने भएको छ । तिहारका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा आफूहरु रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ ।

श्रेष्ठका अनुसार गत वर्ष करिब ११ लाख वटा मालाको कारोबार भएको थियो । त्यसमध्ये दुई लाख फूल भारतबाट आयात गरिएको थियो । गत वर्षको मालाको माग र बर्सेनि देखिएको बढोत्तरीलाई आधार मान्दा यस वर्ष करिब चार लाख थान थप खपत हुने अनुमान छ ।

तिहारमा सबैभन्दा धेरै सयपत्रीको माला खपत हुन्छ । कुल खपतमध्ये सयपत्री ५०, गोदावरीले ३५ र मखमलीले १५ प्रतिशत हिस्सा ओगट्छन् । श्रेष्ठका अनुसार तिहारमा प्रतिमाला ५५ देखि ७० रुपैयाँसम्ममा कारोबार हुन्छ । गत वर्ष पनि सोही दरमा मालाको किनबेच भएको उनको भनाई छ ।

प्रकाशित मिति : Friday, October 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...