×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकले थप्यो हकप्रद भर्ने म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंकले ६५% हकप्रद भर्ने म्याद थप गरेको छ । बैंकले भदौ २७ देखि सोमबारसम्मका लागि १०ः६.५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दशैँको लामो बिदा परेकाले म्याद थप गर्नु परेको बैंकले जनाएको छ । अब मेगाको हकप्रद कात्तिक १४ गतेसम्म भर्न सकिनेछ । बैंकले २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 
यसमा गत माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने सैद्धान्तिक सहमति भएपछि माघ ९ गतेदेखि बैंकको सेयर कारोबार रोक्का छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौं र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ । 
मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । हाल मेगाको चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि मेगाको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१.८१ रुपैयाँ हुनेछ । गत आर्थिक वर्षको थौथो त्रैमासमा बैंकले ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मेगाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: