×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैद्यमाथि आफ्नै कार्यकर्ताद्वारा प्रहार

पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी संसदीय तथा प्रदेश सभा निर्वाचनमा भाग लिने भनी गरेको प्रस्ताव आफ्नै कार्यकर्ताले ठाडो अस्वीकार गरेका छन्।
असोज २२ गतेदेखि पोखरामा जारी वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा बुधबार वैद्यले प्रतिनिधि पर्यवेक्षकको सुझाव विपरित निर्वाचनको उपयोग गर्नुपर्ने सुझाव राखेपछि प्रतिनिधि पर्यवेक्षकहरुले अस्वीकार गरेको सम्मेलनमा सहभागी एक प्रतिनिधिले बताए ।
सहभागीकाअनुसार अघिल्लो निर्वाचन बहिष्कार गरे पनि भोट बिक्री भएको उल्लेख गर्दै वैद्यले निर्वाचन बहिष्कार गरिए पनि भोट एक न एकतिर जाने भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।
वैद्यले रुपचन्द्र विष्टले जस्तै चुनावी पर्चासमेत बिक्री गरेर आर्थिक जुटाउनसमेत सुझाए । ‘रुपचन्द्र विष्टले पर्चा बेचेर चुनावको प्रचार गर्न लगाए’, वैद्यलाई उद्धृत गर्दै सहभागी प्रतिनिधिले भने, ‘रुपचन्द्रले एक एक मोहर लिएर पर्चा बिक्री गर्नु हुन्थ्यो ।’ – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: