×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म्युचुअल फण्डमा लगानी : १ लाख हाल्दा पाँच वर्षमा २ लाख ३५ हजार

काठमाडौं – नेपालको पहिलो सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताले पाँच वर्षमा २ सय ३५ प्रतिशत प्रतिफल प्राप्त गर्ने भएका छन् ।
साँच वर्षमा कोषले १ सय २५ प्रतिशत लाभांश दिइसकेको छ । कोषको सम्पत्ति बिक्रीसँगै लगानीकर्ताले थप १ सय १० प्रतिशत प्रतिफल पाउने भएका हुन् । कोषको इकाईमा १ लाख लगानी गर्नेले पाँच वर्षको अवधिमा २ लाख ३५ हजार रुपैयाँ कमाएका हुन् ।
कोषको मातहतमा रहेको सम्पत्ती बिक्री गर्दा लगानीकर्ताले प्रतिइकाइ बराबर २१ रुपैयाँ पाउने देखिएको हो । यसअघि लाभांश वापत पाएको रकम समेत गर्दा २ सय ३५ प्रतिशत प्रतिफल लगानीकर्ताले पाउने भएका छन् ।
यो कोषले पहिलो आर्थिक वर्ष (योजना सञ्चालनमा आएको ६ महिना) मा ४.५ प्रतिशत, दोस्रो र तेस्रो दुवै वर्ष १५ प्रतिशतका दरले र चौथो वर्ष ३० प्रतिशतका दरले नगद लाभांश दिएको छ । पाँचौं वर्षमा कोषले ६० प्रतिशत लाभांश दिएको हो । यस आधारमा हेर्दा योजनामा लगानी गर्नेले बार्षिक ४५ प्रतिशत नाफा पाएका छन् ।
नेपालमा सबैभन्दा पहिलो व्यवसायिक सामूहिक लगानी कोषको योजनाको रुपमा सिद्धार्थ क्यापिटलले ल्याएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ल्याएको थियो । पुस ९ गते यो कोष परिपक्व भएको हो । यो कोषको अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषहरुले सेयर जस्तै इकाइहरुको बिक्री खुला गर्छन् । यसको प्रतिइकाइको मूल्य सामान्यतया १० रुपैयाँ हुने गरेको छ ।
बजारमा यसको प्रतिइकाइको कारोबार २८ रुपैयाँ सम्म पुगेको थियो । अन्तिम दिन योजनाको प्रतिइकाइ मूल्य २० रुपैयाँ थियो । यो कोषको प्रवद्र्धन सिद्धार्थ बैंकले र व्यवस्थापन सिद्धार्थ क्यापिटलले गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: