×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवराज सिलवालले ललितपुर १ मा टिकट पाउने भएपछि कांग्रेसभित्र खैलाबैला

ललितपुर – नेकपा एमालेले आशन्न प्रतिनिधिसभाको निर्वाचनका लागि ललितपुर–१ बाट हालै पार्टी प्रवेश गरेका पूर्व डीआइजी नवराज सिलवाललाई सिफारिस गरेको छ । पार्टी हेडक्वाटरले टिकट दिएको खण्डमा अब सोही क्षेत्रबाट नेपाली कांग्रेसको सिफारिसमा परेका भेट्रान युवा नेता एबम अर्थ राज्यमन्त्री उदयशम्सेर राणा र सिलवालबीच चुनावी भिडन्त हुनेछ ।
कांग्रेसकै कारण आईजीपी बन्न नपाएका सिलवाललाई कांग्रेसकै युवा नेता राणासंग भिडाउने रणनीति एमालेले बनाएको हो । स्रोतका अनुसार एमालेले पूर्व डीआइजी सिलवालले निर्वाचन जितेको खण्डमा उनलाई गृह राज्यमन्त्री बनाइने छ । यद्यपि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै सिलवाललाई गृहमन्त्री बनाउने घोषणा गरिसकेको छन् ।
निर्वाचन भएको खण्डमा कांग्रेसका भेट्रान युवा नेता राणा र एमालेका तर्फबाट पूर्व डीआइजी सिलवालबीच कडा प्रतिस्पर्धा हुने छ । डीआइजी सिलवाल एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीका तर्फबाट साझा उम्मेदवार हुन् भने युवा नेता राणा नेपाली कांग्रेसका एक्ला तर बलिया उम्मेदवार हुन् । यद्यपि, सिलवाल ललितपुर–१ चुनावी मैदानमा उत्रने खबर बाहिरिएसंगै कांग्रेसको सिफारिसमा परेका राणालाई भने भित्रभित्रै तनाब बढेको छ । कारण–सिलवाल र राणा दुवै ललितपुरबासी हुन् ।
विभिन्न घटनाक्रमले सिलवाललाई सान्त्वना भोट पनि जाने संभावना बढी छ भने बाम एकता र तालमेलका कारण सिलवाल राणा भन्दा निकै बलियो देखिएका छन् । सिलवाललाई एमाले जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा उम्मेदवार बनाउन प्रस्ताव गरेको हो । यद्यपि, सोही क्षेत्रबाट मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममाया कार्कीको नाम पनि सिफारिस भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: