नेपाल कम्युनिटीको १२०% हकप्रद बिक्री खुला, यी ठाउँबाट फारम भर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असोज २६ गतेदेखि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२०% हकप्रद बिक्री खुला भएको छ । बैंकले १ः१.२ अनुपातमा २६ लाख ४३ हजार ५३८.८० कित्ता बिक्री खुला गरेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्य राखेको छ । कात्तिक २९ गतेसम्म उक्त हकप्रद सेयर भर्न पाइनेछ । 

हाल नेपाल कम्युनिटीको चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ३ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा छ ।

आवेदन दिने ठाउँ 
यसमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गरेको छ । एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौं तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल–८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ । 
प्रकाशित : Thursday, October 12, 2017

recent

Popular Posts