नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन
Powered by Blogger.
नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकको १५% बोनस सेयर र २५% नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । कात्तिक ७ मा साधारण सभा गर्न बैंकले बुधबार (असोज १८ गते) बुक क्लोज गर्दैछ । यसकारण १५% बोनस र २५% नगद लाभांश सुरक्षित गर्न नयाँ लगानीकर्ताले मंगलबारभित्र बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन । 

बैंकले कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौंमा हुनेछ । इन्भेष्टमेन्टको यो ३१ औं वार्षिक साधारण सभा हो । बैंकको प्रवन्धपत्र तथा नियमावलीको विभिन्न दफा तथा नियममा रहेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३’ लाई संशोधन गरी ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ राख्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुने भएको छ । 

सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्भेष्टमेन्टको सेयर पुँजी १० अर्ब ६२ करोड ६४ लाख ३५ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित मिति : Tuesday, October 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...