×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाम तालमेलले गोरखालाई छोएन, पार्टीपिच्छे छुट्टाछुट्टै उम्मेदवार

गोरखा – मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आ-आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिश गरेका छन् ।
एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट यादव बस्नेतको नाम सिफारिश गरेको छ । सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिश गरिसकेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती सुनारलाई सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्काको नाम सिफारिश गरेको छ ।
त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा सदस्यका लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिश गरेको छ । माओवादीले लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिश गरेको छ । क्षेत्र नं १ को प्रदेशसभा २ मा एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले ऋषि खनाल, स्थिरप्रसाद खनाल र नीमा लामाको नाम सिफारिश गरेको पार्टीले जनाएको छ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिश गरेको छ भने माओवादी केन्द्रले कमला नकर्मी, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिश गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा सदस्यका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिश गरेको छ भने माओवादीले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिश गरेको छ । वाम गठबन्धनमा रहेको अर्को दल नयाँ शक्ति पार्टीले क्षेत्र नं २ को प्रतिनिधिसभामा पार्टी संयोजक डा बाबुराम भट्टराईलाई उठाउने भएको छ । अन्य क्षेत्रमा नयाँ शक्तिले उम्मेदवार सिफारिश गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: