×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाम गठबन्धनप्रति इमान्दारिता देखाउन कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनप्रति इमान्दारिता अपनाउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले अरुले इमान्दारिता अपनाए पनि नअपनाए पनि माओवादी भने गठबन्धनप्रति इमान्दार हुनुपर्ने बताएका हुन् ।
‘यसलाई सहज रुपमा, राष्ट्रको आवश्यकता, जनताको आवश्यकताको रुपमा लिन आग्रह गर्दछुु उनले भने , ‘अरुले इमान्दारिता अपनाउलान् नअपनाउलान् भोलि देखिन्छ, तर हामी माओवादीको तर्फबाट पुरै जिम्मेवारी र इमान्दारिताका साथ यसलाई सफल पार्न जरुरी छ ।’ माओवादीले देशको आवश्यकता अनुसार विगतदेखि नै फड्को हान्दै आइरहेको भन्दै अध्यक्ष प्रचण्डले संविधानमा उल्लेख भएको समाजवाद प्राप्तिका लागि अब सानो पहल, सानो गुट र सानो पार्टीले सम्भव नहुने बताए ।
‘समाजवाद भन्ने कुरा सबै बामपन्थी प्रगतिशीलहरु एकै ठाउँमा नआइ, एउटा ठूलो पहल नभइ हुँदैन’, उनले भने, ‘नयाँ तरंग ल्याउने हो भने एउटा केन्द्रतिर जानुपर्छ भनेर हामीले नै पहल गरेका हौं, समाजवादको यात्रा सानो चित्तले सानो गुटले सानो पार्टी र पहलले हुन सक्दैन ।’ बामपन्थी गठबन्धनलाई सफल बनाउनका लागि पार्टी एकता संयोजन समिति बनाउन आफूले पहल गरेको भन्दै प्रचण्डले अब प्रदेश र जिल्लामा पनि पार्टी एकता संयोजन समितिहरु गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो हस्ताक्षरमा जिल्लाजिल्लामा सर्कुलर पठाइएको पनि बताए ।
‘अब जिल्लाहरुमा पनि र प्रदेशहरुमा पनि पार्टी एकता संयोजन समिति बनाउने, पार्टीभित्र पनि बाहिर पनि संयुक्त कार्यक्रम लैजान थाल्ने सहमति भएको छ’ उनले भने । पूर्वदेखि पश्चिमसम्म मुख्य मुख्य ठाउँमा दुई पार्टीका शीर्ष नेता सहभागी भएर ठूला सभाहरु आयोजना गर्ने र पार्टी एकताको लागि महाअभियान नै चलाउने अध्यक्ष प्रचण्डले बताए ।
पार्टी एकता संयोजन समिति बनाएपछि बाम गठबन्धन निकै सहज ढंगले अघि बढेको भन्दै अध्यक्ष प्रचण्डले अब एकता गर्न कठिन नहुने दावी गरे । ‘पार्टी एकताको कुरा र तालमेल पनि यति सजिलो हुँदैन कि भन्ने लागेको थियो’, उनले भने ‘दुबै पार्टीका नेताले यहाँसँग आइपुग्दा धेरै गहिरो गरी आत्मसात गरेको देखियो। तुलनात्मक रुपमा सहज ढंगले अगाडि बढेको छ ।’
सर्वोच्च अदालतको बुधबारको अदालतको आदेशपछि चुनाप्रति केही चिसो पसेको भन्दै अध्यक्ष प्रचण्डले बिहीबार एमाले र माओवादी केन्द्रले गरेको संयुक्त पत्रकार सम्मेलनपछि अब निर्वाचनप्रति आशंका गर्नुनपर्ने बताए ।
‘तपाईहरु कन्फ्युजनमा नहुनुस्, हिजो हामीले पत्रकार सम्मेलन गरेर निर्वाचन झन् सुनिश्चित गर्न विश्वस्त पार्न खोजेका हौ’ कार्यकर्तालाई आश्वस्त पार्दै प्रचण्डले भने । अदालतको आदेशलाई निर्वाचन आयोगले र राजनीतिक दलहरुले सम्मान गर्ने भन्दै उनले त्यसै कारणले निर्वाचन यताउता नहुने बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: