×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवासँगको गोप्य भेटमा प्रचण्डले दिएको यस्तो सुझाव

काठमाडौँ – एमालेसँग पार्टी एकता हुनेभएपछि यतिबेला सरकारलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा निकै तनावमा छन् । सरकार निर्माणदेखि स्थानीय तहको निर्वाचनसम्म कांग्रेससँग तामेल गरेर अघि बढेको माओवादी केन्द्रले एकाएक साथ छाड्ने भएपछि देउवालाई तनाव हुनु स्वभाविक नै हो । तर, एमालेसँग चुनावी तालमेल गर्नेबारे जानकारी दिन बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई एउटा सुझाव दिएको लिक भएको छ ।
स्रोतले काठमाण्डु टुडेलाई दिएको जाननकारीअनुसार एमालेसँग चुनावी तालमेल गर्ने निर्णय सुनाउँदै प्रचण्डले यो तालमेल कांग्रेसको विरुद्धमा नभएको स्पष्ट पारेका थिए । सोहीबेला उनले कांग्रेसलाई पनि आफ्नो राजनीतिक चरित्र सुहाउँदा शक्तिसँग एकता गर्न सुझाव दिएका थिए । 
प्रचण्डले भनेका थिए, ‘कार्यकर्ताबाट एमालेसँग तालमेल गर्नुपर्ने दबाब आयो । तर, हाम्रो तालमेल कांग्रेसका विरुद्धमा होइन । तपाईंहरु पनि आफ्नो राजनीतिक चरित्र सुहाउँदा शक्तिसँग तालमेल र एकता गरेर अघि बढ्नुस् ।’
प्रचण्डले यस्तो सुझाव दिएकै दिन कांग्रेसले प्रजातान्त्रिक शक्तिबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: