×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले चुनाव हार्ने खबर लाजिम्पाट पुगेपछि…

काठमाडौँ- प्रचण्डले चुनाव हार्ने निष्कर्ष लाजिम्पाट पुगेपछि ‘बबण्डर’ मच्चिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जित्न कठिन हुने रिपोर्ट लाजिम्पाट पुगेपछिया अन्ततः चितवन–२ मा उम्मेदवारी दिने मनस्थितिमा रहेका नेता रामबहादुर थापालाई माओवादी केन्द्रले पछि हटाएको छ । समानुपातिक सूची संशोधन गर्न निर्वाचन आयोगले तोकेको समय सोमबार सकिँदैछ । बादलको अब समानुपातिकमा राखिले स्रोतले बताएको छ ।
तीन क्षेत्र रहेको चितवनमा एमालेले क्षेत्र नम्बर–१ र २ एमालेले र ३ माओवादीले क्षेत्र नम्बर–३ लिने सहमति बाम गठबन्धनबीच भएको छ । १ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता सुरेन्द्र पाण्डे र २ मा निवर्तमान सांसद एवं एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने निश्चित भएको छ । स्रोतका अनुसार चितवनमा तीनमध्ये दुई क्षेत्र एमालेलाई नदिए त्यसको असर प्रचण्डको निर्वाचन क्षेत्रमा समेत पर्ने र चुनाव हार्न सक्ने आंकलनका साथ अन्तिम समयमा आएर बादललाई रोकिएको हो । उक्त रिपोर्ट तयार पार्न प्रचण्डले नै निर्देशन दिएका थिए । प्रचण्ड चितवन–३ र बादल चितवन–२ बाट उम्मेदवार बन्ने तयारी थियो । 
एमाले चितवनमा पोखरेलको जबर्जस्त प्रभाव छ । कानुन व्यवसायी पृष्ठभूमिका पोखरेल जिल्लाका राजनीतिक नेतामा लोकप्रिय मानिन्छन् । एमाले–माओवादीबीच दुवै दलका ठूला नेताले चाहेको ठाउँमा एकअर्कालाई छाड्ने सहमति छ । तर, चितवनमा पोखरेललाई रोकेर बादललाई टिकट दिँदा एमाले कार्यकर्ता तथा मतदाता चिढिने र प्रचण्डले समेत चुनाव हार्न सक्ने भन्दै पार्टीभित्रकै एक समूहले बादललाई ब्याक हटाउन नेतृत्वलाई दबाब दिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: