×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काङ्ग्रेसबाट राप्रपालाई भयो यतिठुलो धोका, गठबन्धन टुटेको घोषणा

झापा   –  कांग्रेसले धोका दिएको भन्दै राप्रपाले गठबन्धन टुटेको घोषणा गरेको छ । नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको प्रतिक्रिया दिए । उनले भने– एउटै गठबन्धनको उम्मेदवार एउटै निर्वाचन क्षेत्रमा दुईजना भएपछि गठबन्धन त सिद्धिइहाल्यो नि ।’
राप्रपा नेता लिङदेनले अब कांग्रेससँगको देशव्यापी गठबन्धन पनि लगभग टुटिसकेको बताए । ‘देशभरिको गठबन्धन पनि करिब–करिब टुटिसक्यो’, उनले भने, ‘अब पूरै टुट्छ ।’ यसैबीच, लिङ्देनले ट्वीट गर्दै झापा–३ मा आफूले दिएको उम्मेदवारी कायमै रहेको जनाएका छन् । उनले कांग्रेससँगको गठबन्धन टुटेकोसमेत प्रष्ट पारेका छन् ।
राप्रपा महामन्त्री लिङदेनले कांग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले औपचारिकरुपमा कांग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन । राप्रपा अहिलेको सरकारमा पनि सामेल छ । यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।
यस विषयमा राप्रपा अध्यक्ष कमल थापाले भने कुनै प्रतिक्रिया दिएका छैनन् । लोकतान्त्रिक गठन्धनको तर्फबाट थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्षेत्र एमालेको भागमा परेको छ र १ मा कृष्ण दाहाल उम्मेदवार बन्ने तयारीमा छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: