×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बीमा संस्थानको तेश्रो त्रैमास : खुद नाफा ३३.०२ प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) को जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २६ अर्ब ७० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३३.०२%ले बढी हो । 
यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ४ करोड ९३ लाख ३७ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३ करोड २४ लाख ७९ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थानले एक करोड ६८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो तेस्रो त्रैमाससम्ममा संस्थानले ६ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा १ अर्ब २१ करोड ११ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थानले ५ अर्ब ६३ करोड २१ लाख रुपैयाँख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै एक अर्ब ६१ करोड ४५ रुपैयाँ बीमालेख धितोमा लगानी गरेर ८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।  १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै २७ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।
नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: