रिलायबल माइक्रोफाइनान्सको लिलामी भर्ने आज अन्तिम म्याद
Powered by Blogger.
रिलायबल माइक्रोफाइनान्सको लिलामी भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायबल माइक्रोफाइनान्सको सर्वसाधारण समूहको २ हजार ७९७ कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यलय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । असोज १७ गतेदेखि बिक्री खुला भएको यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल प्रस्ताव पेस गर्नुपर्नेछ । यसअघि कम्पनीले असार २५ देखि साउन २९ गतेसम्म २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २६ गते दिउँसो १२ बजे सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंमा खोलिनेछ । यता, कम्पनीले गत वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

२० प्रतिशत बोनस सेयर प्रस्ताव पारित गराउन कम्पनीले असोज २९ मा साधारण सभा बोलाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रिलायबलले १ करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १८ पैसा छ ।

प्रकाशित मिति : Wednesday, October 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...