×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – वोमी माइक्रोफाइनान्सले १००% हकप्रद सेयर जारी गर्ने भएको छ। संस्थाले १००% हकप्रद जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः१ अनुपातमा १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
वोमीले फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: