×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिलाका कारण एसपीले प्रहरी हवल्दार र जवानलाई कुटेपछि…

कास्की  – कास्कीका एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र दुई प्रहरी जवानलाई कुटपिट गरेका छन् । एसपी सिंहले पोखराको लेकसाइडमा रहेको पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई गएको शनिबार कुटेका हुन् । कुटपिटबाट तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ ।

एक महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको स्रोतले बताएको छ । घटनाको विवरण अनुसार चौकीका इञ्चार्ज असई जिलबहादुर भण्डारी आमा बिरामी भएर असोज २० गते शुक्रबार पर्वतमा रहेको घर गएका थिए ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरीक्षक बसन्त शर्मासँग बिदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई इञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी एक महिलाले रक्सी खाएर भाइको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र व्यवहार नगर्न भने । तर ती व्यक्तिले दिदीलाई एक–दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एक–दुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरेका हुन् । एसपी सिंहले चाहिँ काम गर्ने क्रममा गलत गरेकाले झिकाएको तर नकुटेको बताएका छन् ।

घटनालगत्तै बिदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: