×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशीले गर्यो लोभलाग्दो प्रगति, कमायो २ करोड ४८ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४९.२७% ले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा बैंकले खुद नाफा १ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।
५० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानीमा ४१.८६% ले र संचालन मुनाफा ५४.५४% वृद्धि गरेको छ । बैंकले निक्षेपमा १ अर्ब १८ करोड २६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको निष्कृय कर्जा ०.५०%, जोखिम युक्त सम्पत्ति ३९.८२%, प्रतिशेयर आम्दानी ४.८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७.२१ गुणा, प्रतिशेयर नेटवर्थ १०९. १४ रुपैयाँ र तरलता अनुपात ३९.४८ %  रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: