×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी मन्त्री काँग्रेसमा !


काठमाडौँ – नेकपा माओवादी केन्द्रका निवर्तमान सांसद एवं मन्त्री शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गर्ने भएका छन् । पार्टीले एमालेसँग बाम गठबन्धन गरेको र आफूलाई टिकट नदिएको भन्दै श्रेष्ठ काँग्रेसमा फर्कन लागेका हुन् ।
२०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा काँग्रेसले टिकट नदिएको भन्दै श्रेष्ठ माओवादी प्रवेश गरेका थिए । मनोनयन दर्ताको केही दिनअघि पार्टीमा भित्रिएका श्रेष्ठलाई माओवादीले सर्लाही–१ बाट संविधानसभा सदस्य उम्मेदवार बनाएको थियो ।
उनले एमाले वरिष्ठ नेता झलनाथ खनाललाई हराएका थिए । हाल बिना विभागीयमन्त्री रहेका श्रेष्ठ निवर्तमान स्वास्थ्य राज्यमन्त्री हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: