×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लकडाउनमा बिजनेश नभएको’ भन्दै सिन्धु बिकास बैंकले कर्मचारीको तलव-भत्ता काट्यो, यसो भन्छन् सिइओ…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमापनि सरकारले आह्वान गरेको लकडाउनका कारण बिजनेश नभएको भन्दै सिन्धु बिकास बैंकले आफ्ना कर्मचारीको तलब भत्ता काटेको खुलासा भएको छ । रिस्क लिएर काम गरेको बेला प्रोत्साहन भत्ता दिनुपर्ने ठाउँमा उल्टै खाइपाई आएको तलव भत्तासमेत काटेर आफुहरुलाई बैंकले अन्याय गरेको भन्दै केहि कर्मचारी अर्थ सरोकारको कार्यालयमा आइपुगेसँगै यस्तो रहस्यको खुलासा भएको हो । कर्मचारीका अनुसार लकडाउनका बेला ‘अत्यावश्यक सेवा’ भन्दै काममा पेलाइएको थियो । तर अहिले खाइपाइ आएको तलव भत्तासमेत काटेर आउँदा निकै समस्या भएको उनीहरुको गुनासो छ । बैंकको संचालक समितिको बैठकले लकडाउन अवधि भरको हुन आउने तलव भत्तामा कटौती गर्ने निर्णय गरेको थियो ।
‘करायो, करायो, दक्षिणा हरायो’ : कर्मचारी 
यता आफ्नो तलव भत्ता काटिएपछि कर्मचारीहरु भने दुखी भएका छन् । ‘रिस्क लिएर काम गर्ने हामी । कोरोना कहरका बीच घरपरिवारलाई तनाबमा राखेर बैंकमा आई काम गर्ने हामी, जोखिम मोलेर बैंकको सेवामा खट्ने हामी, अनि तलव भत्ता काटिने पनि हाम्रै ?’ तलव भत्ता काटिएका एक पीडीत कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘तलव भत्ता काटीदा घरमा जाँदा कोरोनाको त्रासमा रहेको परिवार सम्झेर भक्कानो छुटेको छ । के गर्ने ? बैंकले मर्का बुझेन, स्टाफको सन्तुष्टी भन्दा आफ्नो नाफा हेर्यो ।’ यसो त नियामक नेपाल राष्ट्र बैंक र बिकास बैंकहरुको संघ डेभलोपमेन्ट बैंकर्स संघबाट उल्टै प्रोत्साहनको निर्णय कुरेको उनीहरुको तर्क छ । ‘हामीले त कोरोना प्रकोपका बेला फ्रन्टलाईनमा काम गर्नेहरुलाई झन् प्रोत्साहन भत्ता आउँछ होला भनेर सोचेका थियौं । तर उल्टै तलवभत्ता काट्ने काम मात्र भयो । यो बेलाको भत्ता कटाई मात्र भत्ता कटाई होइन, संस्थाप्रतिको हाम्रो बफादारीविरुद्ध गरिएको अन्यायपूर्ण काम पनि हो ।’ ती कर्मचारीले भने ।
लकडाउनमा बिजनेश भएन, सबै टिक्नुपर्छ भनेर तलव भत्ता कटौती गरेका हौँ ! : सीइओ
यता बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले आफ्नो बैंकले तलव भत्ता कटौती गरेको स्वीकार्दै लकडाउनमा बिजनेश नभएका कारण र सबैजना टिक्नुपर्छ भनेर तलव भत्ता कटौतीको निर्णय गरिएको बताएका छन् । सबैतिर समस्या भएकाले सल्लाहमै संचालक समितिको बैठकले तलव-भत्ताको कटौती गर्ने निर्णय गरेको उनको तर्क छ । ‘सबैतिर समस्या छ । हाम्रो पनि बिजनेश भएन लकडाउनका बेला । त्यसैले संचालक समितिको बैठकले तलव-भत्ता काट्ने निर्णय गरेको हो । स्टाफहरु यस विषयमा यो तहसम्म असन्तुष्ट होलान् वा मिडियासम्म पुग्लान् भन्ने सोचेका थिएनौं । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।’ उनले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: