युनियन लाइफले आइपीओ जारी गर्दै, कात्तिक १३ मा एजीएम
Powered by Blogger.
युनियन लाइफले आइपीओ जारी गर्दै, कात्तिक १३ मा एजीएम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - युनियन लाइफ इन्सुरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । युनियनले यसैका लागि कात्तिक १३ गते साधारण सभा बोलाएको छ । भर्खरै मात्र सञ्चालनमा आएका ५ नयाँ जीवन बिमा कम्पनीमध्ये युनियन लाइफ इन्सुरेन्स पनि एक हो । युनियनले दशैँ अघिदेखि कारोबार सुरु गरेको हो । 

यो कम्पनीले कात्तिक १३ गतेको साधारण सभामा सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव पारित गर्दैछ । यस्तै, साधारण सभामा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नियुक्ति अनुमोदन गर्नेलगायत प्रस्तावसमेत पेस गरिने भएको छ । 

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर रुपन्देहीमा बिहान १० बजे हुनेछ । बिमा समितिका अनुसार युनियन लाइफको अहिले चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आइपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब रुपैयाँ पुग्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : Monday, October 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...