×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी निरिक्षक ठकुरी ‘उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता’ घोषित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रहरी निरिक्षक अनिल ठकुरी यस वर्षको अत्कृष्ट अनुसन्धान अधिकृतका रुपममा सम्मानित भएका छन् । ६२औं प्रहरी दिवशको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको विषेश समारोहमा प्रहरी निरिक्षक ठकुरीलाई यस वर्षको उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कार प्रदान गरिएको हो । उनी लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् । 
ब्युरोमा कार्यरत उनले ८ वटा भन्दा बढी विभिन्न अप्रेशन गरी अवैध लागुऔषध तथा हातहतियार समेत बरामद गर्न सफल भएका थिए । उनले गरेका अप्रेशन राष्ट्रिय स्तरमै निकै चर्चित भएका थिए भने पछिल्लो समय उनले ब्यूरोलाई दिलाएको सफलताको समेत उच्च प्रसंशा हुने गरेको छ ।
गत ७३ असारमा ठकुरीलेनै संघाई ग्रुपले संचालन गर्दै आएको आर्या फर्मा मार्फत लागुऔषध बनाउन प्रयोग हुने ठुलो मात्रामा रसायन बरामद गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो । त्यस्तै उनले ७३ साउनमा जाजरकोटमा पहिलो पटक ठुलो मात्रामा अफिम खेती नष्ट गरेका थिए । ७३ असोजमा ठकुरीकै नेतृत्वमा मेडिकलबाट लागुऔषधको बिक्रि हुने गरेकोपत्ता लागेको थियो । 
यता वषौदेखि फरार रहेका लागुऔषध तस्करीलाई पनि ठकुरीकै नेतृत्वमा पक्राउ गरिएको थियो । सर्लाही परवानिपुरका कपिल बहादुर थिङलाई लोडेड हतियार पक्राउ गर्दा उनको शाहसको चौतर्फि चर्चा भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: