×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् प्रमाण:निर्वाचन हुने ३७ मध्ये ३६ क्षेत्रमा वाम गठबन्धन अगाडि !


आउँदो मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैँछ। यी क्षेत्रमा को बलियो छ भन्ने प्रश्नको उत्तर दिने सबै भन्दा बलियो आधार पछिल्लो स्थानीय चुनावमा पार्टीहरुले वडा तहमा ल्याएको मत विश्लेषण हो।
वडागत रुपमा दलीय उम्मेद्वारले प्राप्त गरेको मतको विश्लेषण गर्दा पहिलो चरणमा निर्वाचन हुने हिमाली र पहाडी जिल्लाका ३७ निर्वाचन क्षेत्र मध्ये ३६मा वाम गठबन्धनले जीत हात पार्ने देखिन्छ।स्थानीय तहको निर्वाचन अनुसारकै मत दलहरुले आफ्नो पक्षमा कायम राख्न सके नेपाली कांग्रेसका एक उम्मेद्वार मात्र पहिलो चरणमा वाम गठवन्धनका उमेद्वारभन्दा अगाडि हुनेछन्।
रसुवामा कांग्रेसका मोहन आचार्य नयाँ शक्तिको साथ पाउँदा १ हजार ५ सय ६४ मतले अगाडि हुनेछन्। बाँकी स्थानमा भने वाम गठबन्धन अगाडि छ।ती निर्वाचन क्षेत्र मध्ये कतिपय क्षेत्रमा वाम गठबन्धन १५ हजारभन्दा धेरैको मत अन्तरले अगाडि छ। वाम बर्चश्व भएका यी क्षेत्रमा निर्वाचन परिणाम उल्ट्याउन कांग्रेसका लागि फलामको च्यूरा सावित हुनेछ।
कांग्रेसले, राप्रपा र संघीय समाजवादी फोरम र नयाँशक्तिबिच चुनावी तालमेलका कारण केही राहत मिल्नेछ तर त्यो वाम गठबन्धनलाई हराउन पर्याप्त हुनेछैन।पहिलो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ र ओखलढुंगामा एमालेका उम्मेद्वार अगाडि हुने देखिन्छन्। भोजपुर र सोलुखुम्बुमा भने माओवादी केन्द्रका उम्मेद्वार विजयी हुने देखिन्छन्। पहिलो चरणमा प्रतिनिधिसभामा कांग्रेसका लागि प्रदेश नम्बर १ का कुनै पनि क्षेत्रमा जीत मुस्किल देखिन्छ।
जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
ताप्लेजुङ
योगेशकुमार भट्टराई(एमाले) ६२७३ मतले अगाडि
केशवप्रसाद दाहाल
भोजपुर
सुदन किराँती (माओवादी केन्द्र) १७७४४ले अगाडि
उमेशजंग रायमाझी
पाँचथर
बसन्तकुमार नेम्वाङ(एमाले) १०५६७ मतले अगाडि
भिष्मराज आङ्दाम्बे
सोलुखुम्बु
हेमकुमार राई (माओवादी केन्द्र) ९४८१ मतले अगाडि
बलबहादुर केसी
संखुवासभा
राजेन्द्र गौतम (एमाले)६१६९ मतले अगाडि
दीपक खड्का
खोटाङ
विशाल भट्टराई (एमाले)१४७१२ मतले अगाडि
सरस्वती वजिमय
ओखलढुङ्गा
यज्ञराज सुनुवार (एमाले)६६२८ मतले अगाडि
रामहरी खतिवडा
देशकै दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि कांग्रेसका लागि पहिलो चरणको निर्वाचन प्रतिष्पर्धात्मक भन्दा बढी’कठोर’ बन्दैछ। कांग्रेस उम्मेद्वारहरुका लागि वाम गठबन्धनको चुनौती सामना गर्न मुस्किल समेत छ।
प्रदेश नं ३ मा गठबन्धन पछि परम्परागतरुपमा कांग्रेसको पकडमा रहेको नुवाकोटमा समेत उ पछि परेको छ।
रामेछापमा लोकतान्त्रिक गठबन्धनको मत २८ हजार ६ सय ६६ हुँदा वाम गठबन्धनपछि त्यहाँ एमाले र माओवादीको मत ५५ हजार ७ सय ९६ पुग्छ। अर्थात् २७ हजार १ सय ५० को खाडल देखिन्छ। दोलखामा वाम र लोकतान्त्रिकको त्यो दुरी २६ हजार २ सय १६ को छ। अनि धादिङ १ मा २८ हजार ६ सय ८७ ले वाम गठबन्धन अगाडि छ। पहिलो चरणमा निर्वाचन हुन लागेको ९ निर्वाचन क्षेत्र मध्ये ७ स्थानमा वाम गठबन्धन १५ हजार भन्दा बढीले अगाडि छ। नुवाकोट २ र सिन्धुपाल्चोक २ मा पनि १० हजार भन्दा बढीले वाम गठबन्धन अगाडि छ।
जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
रामेछाप
श्याकुमार श्रेष्ठ (माओवादी केन्द्र) २७१५० मतले अगाडि
पूर्णबहादुर तमाङ
दोलखा
पार्वत गुरुङ (एमाले) २६२१६ मतले अगाडि
रुद्रबहादुर खड्का
सिन्धुपाल्चोक १
अग्निप्रसाद सापकोटा(माओवादी केन्द्र) १८९९५ मतले अगाडि
मोहन बस्नेत
सिन्धुपाल्चोक २
शेरबहादुर तमाङ (एमाले)१०८३१ मतले अगाडि
पशुपति शमशेर राणा(राप्रपा प्र.)
धादिङ १
भूमी त्रिपाठी (एमाले)२८६८७ मतले अगाडि
विश्वप्रसाद अर्याल
धादिङ २
खेम प्रसाद लोहनी (एमाले)१५०५१ मतले अगाडि
दीलमान पाख्रिन
रसुवा
जनार्दन ढकाल(एमाले)
मोहन आचार्य १५६४ मतले अगाडि
नुवाकोट १
हितबहादुर तमाङ(माओवादी केन्द्र) १६९०२ मतले अगाडि
रामशरण महत
नुवाकोट २
नारायणप्रसाद खतिवडा(एमाले) ११४६५ मतले अगाडि
अर्जुननरसिंह केसी
प्रदेश नं ४ को लमजुङमा कांग्रेसका दीलबहादुर घर्ती वाम गठबन्धन भन्दा १० हजार ६३ मतले अगाडी छन्। पहिलो चरणमा प्रदेश ४ मा निर्वाचन हुन लागेका ८ निर्वाचन क्षेत्र मध्ये एउटामा मात्र कांग्रेस अगाडि छ। यद्यपी गोर्खामा नयाँ शक्तिसँग तालमेल गरेका कारण निर्वाचन परिणाम परिवर्तन हुने सम्भावना छ। त्यहाँ दुई हजार भन्दा सानो अन्तरले वाम गठबन्धन अगाडि छ। वाम गठबन्धन हुँदा दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ।
उता कांग्रेस र नयाँ शक्तिबीच तालमेलपछी गोर्खा १ मा कांग्रेस र गोर्खा २ मा नयाँ शक्तिका बाबुराम भट्टराई उठ्दैछन्। वाम गठबन्धन गोर्खा १ मा १ हजार ४ सय ४५ र गोर्खा २ मा १ हजार १ सय ७६ मतले अगाडि छ।
यो पनि पढ्नुहोस्- तालमेल गरे कांग्रेस–राजपा–फोरम प्रदेश २ का ३२ मध्ये २६ क्षेत्रमा अगाडि
मुस्ताङ, म्याग्दी, बाग्लुङ १ मा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा ५ हजारको मत अन्तरले अगाडि छ। बाग्लुङमा राष्ट्रिय जनमोर्चा समेत गठबन्धनमा मिसिएका कारण वाम गठबन्धनलाई फाइदा भएको हो। जनमोर्चाको साथ नरहँदा बाग्लुङ १ मा लोकतान्त्रिक गठबन्धन विजयी बन्ने सम्भावना थियो। सबैभन्दा कम मतदाता रहेको मनाङमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा ९९ मतले अगाडि छ।
मनाङमा भने ९९ मतले पछि परे पनि काँग्रेसका निवर्तमान सांसद टेक बहादुर गुरुङको सम्भावना कायमै छ।
जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
मुस्ताङ
प्रेमप्रसाद तुलाचन (एमाले)५०३४ मतले अगाडि
रोमी गौचन थकाली
म्याग्दी
भूपेन्द्रबहादुर थापा(एमाले)६१९८ मतले अगाडी
खमबहादुर गर्बुजा
बाग्लुङ १
डा. सूर्य पाठक (एमाले)६१७० मतले अगाडि
चम्पादेवी खड्का
बाग्लुङ २
देवेन्द्र पौडेल (माओवादी केन्द्र) १०२४५ मतले अगाडि
नरबहादुर ‘निरज’पुन
मनाङ
पोल्देन छोपाङ गुरुङ(एमाले) ९९ मतले अगाडि
टेकबहादुर कार्की
लमजुङ
देवप्रसाद गुरुङ (माओवादी केन्द्र) ३८८१ ले अगाडी
दीलबहादुर घर्ती
गोर्खा १
हरिराज अधिकारी(माओवादी केन्द्र) १४४५ मतले अगाडि
चीनकाजी श्रेष्ठ
गोर्खा २
नारायणकाजी श्रेष्ठ(माओवादी केन्द्र) ११७६ मतले अगाडि
बाबुराम भट्टराई(नयाँ शक्ति )
प्रदेश नं ५ का रोल्पा र पूर्वी रुकुम दुवै स्थानीय तहको मत परिणाम अनुसार वाम गठबन्धनको कब्जामा जाने देखिन्छ। रोल्पामा वाम गठबन्धनका उम्मेद्वार लोकतान्त्रिक गठबन्धन भन्दा २२ हजार ९ सय ७१ मतको अग्रतामा छन्। पूर्वी रुकुममा पनि वाम गठबन्धन उम्मेद्वार ७ हजार ९ सय २७ मतले अगाडि छन्।
रुकुम टुक्रिएर बनेको पूर्वी रुकुममा सानो जनसंख्या छ। तर यहाँ पनि वाम गठवन्धनको फराकिलो अग्रता छ। लोकतान्त्रिक गठबन्धनको पक्षमा यहाँ ४ हजार ४ सय ९२ मत मात्र छ।

जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
रोल्पा
बर्षमान पुन (माओवादी केन्द्र) २२९७१ मतले अगाडि
अमरसिंह पुन
पूर्वी रुकुम
कमला रोका (माओवादी केन्द्र) ७९२७ मतले अगाडि
हरिशंकर घर्तीमगर
प्रदेश नं ६ को पश्चिम रुकुम र कालिकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वारहरु १५ हजार भन्दा ठूलो अन्तरले अगाडि छन्। जाजरकोट र जुम्लामा यो अन्तर १० हजार भन्दा ठूलो छ। डोल्पा, हुम्ला र मुगुमा वाम गठवन्धनका उम्मेद्वार ३ हजार भन्दा ठूलो अन्तरले अगाडि छन्। ती जिल्लाहरुमा मतदाताको संख्या समेत सानो छ।

जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
पश्चिम रुकुम
जनार्दन शर्मा (माओवादी केन्द्र) १७८०४ मतले अगाडि
गोपालजीतजंग शाह
जाजरकोट
शक्तिबहादुर बस्नेत(माओवादी केन्द्र) १२६०३ मतले अगाडि
राजीवविक्रम शाह
हुम्ला
चिनी लामा (माओवादी केन्द्र) ३८९६ मतले अगाडि
मंगलबहादुर शाही
मुगु
गोपाल बम (एमाले) ४२४९ मतले अगाडि
हस्तबहादुर मल्ल
जुम्ला
गजेन्द्र महत (माओवादी केन्द्र) १४१७८ मतले अगाडि
देवेन्द्रबहादुर शाही
डोल्पा
धनबहादुर बुढा (एमाले)४४५७ मतले अगाडि
अंगदकुमार बुढा
कालिकोट
दुर्गाबहादुर रावत(माओवादी केन्द्र) १७१६३ मतले अगाडि
भूपेन्द्रजंग शाही
प्रदेश नं ७ मा वाम गठवन्धनको तर्फबाट सबै उम्मेद्वार एमालेका छन्। त्यहाँ पनि वाम गठबन्धनकै उम्म्द्वार स्थानीय तहको मतका आधारमा अगाडी देखिन्छन्। प्रदेश ७ का निर्वाचन हुने ४ जिल्ला मध्ये बझाङमा गठबन्धन उम्मेद्वार १५ हजार अन्तरले अगाडि छन्। बैतडीमा १० हजार भन्दा ठूलो खाडल लोकतान्त्रिक र वाम गठबन्धनको बीचमा छ। दार्चुलामा ५ हजारभन्दा माथि र बाजुरामा यो अन्तर ३ हजार माथि छ।

जिल्ला
एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन)
नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
दार्चुला
गणेशसिंह ठगुन्ना (एमाले)७२३४ मतले अगाडि
विक्रमसिंह धामी
बझाङ
भैरवबहादुर सेन (एमाले)१५१०१ मतले अगाडि
पृथ्वीबहादुर सेन

दामोद भण्डारी (एमाले)१२५९५ मतले अगाडि
नरबहादुर चन्द
बाजुरा
लालबहादुर थापा (एमाले)३५०० मतले अगाडि
कविराज पण्डित
देशकै दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको यो गठबन्धनका कारण कांग्रेसले पहिलो चरणमा ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्छ। यद्यपी निर्वाचनमा उम्मेद्वार उसको प्रभाव र व्यक्तित्वले पनि असर पार्नेछ। यस्तोमा मत कति बदलिन्छ र कांग्रेसको पक्षमा जान्छ भन्न सकिने अवस्था छैन। त्यस्तै वाम गठबन्धनले पनि आफ्नो पक्षमा मत कायम राख्लान् वा नराख्लान् यकिन गर्न सकिन्न। तर स्थानीय तहको मतपरिणामले पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा कांग्रेस ठूलो मुस्किलमा पर्ने देखिन्छ। सेतोपाटीबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: