×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिहारको शपिङ गर्न भाटभटेनी जाँदै हुनुहुन्छ ? हेर्नुहोस्, यसरीसम्म ठगिनुहुन्छ तपाईं !

काठमाडौँ- नेपालमा एउटा उखान खुब चर्चित छ, ‘कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राखे पनि बाङ्गो को बांगै ।’ हो त्यस्तै भएको छ भाटभटेनीको हकमा पनि । जनतालाई लुटेर वा ठगेरै धनी हुनुपर्छ भन्ने मानसिकता बोकेको भाटभटेनीले जसरी हुन्छ जनता ठगीरहेको छ । अझ प्रचण्ड निकट मानिएका भाटभटेनीका संचालकलाई प्रचण्ड सरकारमा भएपछि बार्है महिना ‘दशैं’ आउने गरेको छ । जति ठगेपनि भयो । जति लुटेपनि भयो । बिगत लामो समयदेखि जनता लुटीरहेको भाटभटेनीको अर्को कर्तुतको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।
एक पटक माथिको तस्विर राम्रोसँग हेर्नुहोस् । सर्वोत्तम सात्तुको मूल्य रु १०० रुपैयाँ लेखिएको छ । १०० रुपैयाँलाइ भाटभटेनीले केरमेट जस्तो गरेर १८० जस्तो देखिने बनाएको छ । १८० रुपैयाँनै मूल्य राख्दा पनि भाटभटेनीले दिएको १०% छुटपछिको मूल्य १६२ हुन्छ । तर त्यहि सात्तुको मूल्य बिलमा १६५ रुपैयाँ लेखिएको छ । ‘यो त सरासर ठगी भयो ।’ ठगीएका ग्राहकले अर्थ सरोकार डटकमसँग भने, ‘दशैं तिहारमा अनुगमन हुन्छ भन्ने सुनेका थियौं । तर तिहारको मुखमा नै यसरी ठगिनु पर्यो । आफुले कोट गरेको मूल्यमा नै यसरी ठगी हुन्छ भने अरु चीजहरुमा कति ठगी हुन्छ होला ।’
यता आपूर्ति मन्त्रालयले अनुगमनको नाटकसमेत बेलाबेलामा गर्ने गरेको छ । तर प्रचण्ड निकट भएपछि भाटभटेनी संचालकलाई कुनै चिन्ता छैन । यो पटक दरबारमार्गका पसलहरुमा अनुगमनको नाटक गरेर पछी व्यवसायीहरुलाई कारवाही नै नगरी छोडेका आपूर्तिमन्त्रीले समेत भाटभटेनीलाई छुन समेत सकेनन् । यो भाटभटेनीको यस्तो लुट कहिलेसम्म हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।

भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: