×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुलालाई कसले छुने ? ८० रुपैयाँ आइसीलाई १६० रुपैयाँ हिसाव गर्छ भाटभटेनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

ठुलालाई कसले छुने ? ८० रुपैयाँ आइसीलाई १६० रुपैयाँ हिसाव गर्छ भाटभटेनी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालको सबैभन्दा ठग शपिङ मल भनेर बदनाम भएर पनि पैसा र पावरका कारण कसैले पनि छुन नसकेको भाटभटेनीले दादागिरीका नयाँ नयाँ रुप देखाउन थालेको छ । पछिल्लो समय सरकारले अखाद्य भनी उत्पादनमै रोक लगाएका तेलका दुइ ब्राण्ड सनाफ्लो र फेमिलीलाई छुट भन्दै बेच्नेजस्तो जघन्य अपराधमा संग्लग्न भाटभटेनीको अर्को कर्तुत पनि बाहिर आएको छ । भाटभटेनीले ८० रुपैयाँ आइसी पर्ने समानलाई १६० रुपैयाँ लिने गरेको प्रमाण फेला परेको छ ।
‘डेरी मिल्क’ नामको चकलेटमा स्पष्टसँग यसको म्याक्सिमम रिटेल प्रेस (एमआरपी) ८० रुपैयाँ आइसी भनेर स्पष्ट लेखिएको छ । यो कर सहितको मूल्य हो । नेपालमा अन्य ठाउँमा ८० रुपैयाँ आइसीको हुन आउने नेपाली १८० रुपैयाँमा नै यो चकलेट बेचिने गरेको छ । कतिपय पसलले खुद्रा खाद्री हिसाब हुन्छ भनेर १३० रुपैयाँसम्ममा यो चकलेट बेच्ने गरेका छन् । तर भाटभटेनीजस्तो चलेको भनिएको मलमा भने खुलेआम यस्तो ठगी भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार भारतीय मुद्रा भन्दा नेपालको मुद्रा ६०% बढी हुन आउँछ । नेपाल भित्रने हरेक भारतीय सामान सोहि अनुसार बेचिन्छ । तर भाटभटेनीको दादागिरी र उसलाई मिलेको राजनीतिक संरक्षणका कारण कम्पनीले यस्तो दादागिरी देखाउंदै आएको छ ।
यसो त नेपालको भाटभटेनीलाई कसैले छुन पनि सक्दैन । आपूर्ति मन्त्रालयका कर्मचारीहरुलाई राम्रै दानापानी खुवाउने गरेको आरोप लागेको भाटभटेनीका मालिक मीन बहादुर गुरुङका निकै निकट मानिएका प्रचण्डको पावरका कारण पनि यो कम्पनीलाई कसैले छुन सक्दैन । यो कम्पनी पछिल्लो समयमा बजारमा आउट भएका समान बेच्ने, बजारमा नबिकेर थन्किएका ‘लाठे’ सामान बेच्ने, र सरकारले बजारमा प्रतिबन्धित गराएका समानहरु बेच्ने ठाउँ भएको छ ।
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: