×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘स्वीफ्ट’ भनेको के हो ? यो कसरी ह्याक हुन्छ ? इन्टरनेट सोसाइटीका अध्यक्ष विक्रम श्रेष्ठसँगको अन्तर्वार्ता

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- एनआइसी एसियाको ‘स्वीफ्ट’ ह्याक प्रकरण यतिबेला चर्चामा छ । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक गरी ४५ करोड रुपैयाँ ह्याक भएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले पुष्टी गरेका छन् । ती अधिकारीका अनुसार ह्याकरले नेपालबाट ट्रान्सफर भएको ४५ करोडमध्ये ५ करोड बराबर रकम उताको बैंकबाट कसैले झिकिसकेको छ भने बाँकी ४० करोड रुपैयाँ नेपाल आउंदैछ । तर सर्वाधिक चर्चाको विषय बनेको यो स्वीफ्ट भनेको के हो ? यो कसरी ह्याक हुन्छ ? लगायतका प्रश्न हामीले इन्टरनेट सोसाइटीका अध्यक्ष विक्रम श्रेष्ठलाई सोधेका थियौं । उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानी :
१. पछिल्लो समय ह्याक भएको भनिएको ‘स्वीफ्ट’ भनेको वास्तवमा के हो ? 
स्वीफ्टको पूर्ण रुप द सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन हो । एउटा बैंकबाट अर्काे बैंकमा रकम पठाउने यो प्रणाली सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले बनाएको हो । नेपालमा पनि विदेश मा पैसा पठाउन स्वीफ्टकै प्रयोग हुन्छ । यसलाई नै (स्विफ्ट) भनिन्छ । यो नेटवर्कबाट बैंक तथा वित्तीय संस्थाले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्न सक्छन् । नेपालका बिकास बैंक र वाणिज्य बैंकहरुले यो सेवा लिन सक्छन् । 

२. यो कतिको विश्वसनीय प्रणाली हो ?
संसारमा सबैकुरा सबै तरिकाले विश्वस्त हुन्छन् भन्ने होइन । त्यसो हुन्थ्यो भने त ठुला ठुला कम्पनीका डाटा कसरी ह्याक हुन्थे र ? तर स्वीफ्ट भनेको विश्वसनीय नै हुन्छ भन्ने कुरा हो । सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले बैंकहरुबीच रकम स्थानान्तरणको लागि विश्वब्यापी रुपमा सेवा दिएको छ । धेरैले यसलाई विश्वसनीय भनेका छन् । अपवाद बाहेक यो विश्वस्त प्रणाली हो भन्न सकिन्छ । 
३. एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक भयो नि ? कमजोरी कसको हो ?
कमजोरी कसको हो भन्ने बारे म भन्न सक्दिन । एनआइसी एसियामा के भएको हो भन्ने यकिन तथ्यसमेत बाहिर आएको छैन । त्यो अनुसन्धानको पाटो हो । सबै कुरा बाहिर आएपछि स्पष्ट रुपमा यस्तो भएको हो भन्न सकिएला । अहिलेलाई एनआइसी एसियाका बारेमा म केहि नभनौं होला ।

४. यो स्वीफ्टबाट जनताको पैसा चोरी भयो भन्ने हल्ला के हो ?
त्यो हल्ला गलत हो । स्वीफ्ट छुट्टै सर्भर हो । कारोबार भनेको लोकल सर्भरमा हुन्छ । यो पैसा विदेश पठाउनका लागि मात्र प्रयोग हुने प्रणाली हो । त्यसैले स्वीफ्ट ह्याक हुँदा जनताको पैसा चोरी भयो भन्ने कुरा गलत हो । निश्चित शुल्क तिरेर बैंकले खरिद गर्ने एक प्रणाली भएकाले यसको सम्बन्ध दैनिक कारोबारसँग हुँदैन । मैले अघि नै पनि भने एनआइसी एसिया बैंकमा के भएको हो, त्यो चाहिं त्यतिकै भन्न मिल्दैन । 

५. यो कसरी ह्याक हुन्छ ? केहि आइडिया छ ?
अव यसरी नै ह्याक हुन्छ वा भयो भन्न त मिल्दैन । तर मेरो अनुभवले भन्ने हो भने सामान्यतः मालवेयर पठाएर यसको ह्याक गरिन्छ । यो भाइरस जस्तै हो । अर्काको पासवर्ड चोरेर पनि ह्याक हुन सक्छ यो प्रणाली । इमेल मार्फत कुनै कम्प्युटरमा भाइरस पठाएर पनि ह्याक हुन सक्छ । अव पछिल्लो प्रकरणमा के भएको हो, त्यो भने पछी नै थाहा होला ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: