×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत्तीय पैसा बनाउने कारखानामा प्रहरी छापा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

विद्युत्तीय पैसा बनाउने कारखानामा प्रहरी छापा

काठमाडौं । संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरुमा बढी प्रचलनमा रहेको विद्युत्तीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशहरुमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ ।

बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत्त आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन समेत उत्पादन गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पत्ता लगाएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युत्तीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सीआईबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: