×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : प्रधानमन्त्री शेर बहादुर देउवाले यहि साता राजीनामा दिने !

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने औपचारिक सहमति भएपछि सत्तारुढ दलबीचको गठबन्धनको अर्थ नभएको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री निकट स्रोतले बताए अनुसार पार्टीमा आन्तरिक छलफल गरी शेर बहादुर देउवाले यसै साता राजीनामा दिने भएका हुन् । माओवादी र माओवादी अध्यक्ष प्रचण्डले धोका दिएको निष्कर्ष सहित देशबासीका नाममा केहि दिनमै सम्बोधन गर्दै देउवाले राजीनामा दिने भएका हुन् ।
‘केहि दिनमै प्रधानमन्त्रीको राजीनामा आउनेछ । सत्तारुढ गठबन्धनको दलनै प्रतिपक्षी दलसंग एकतामा जाने भएपछि पदमा बसीरहने ठिक नहुने निष्कर्ष सहित प्रधानमन्त्रीको राजीनामा आउने भएको छ ।’ देउवा निकट स्रोतले भन्यो ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: