×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्लग : यी ७ कारण चन्द्र सिंह साउदलाई नेप्सेको जीएम बनाइनु हुँदैन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ब्लग : यी ७ कारण चन्द्र सिंह साउदलाई नेप्सेको जीएम बनाइनु हुँदैन

  • टी दाहाल 
नेप्सेको जीएमका लागि तीन जना सिफारिसमा परेका छन् । चन्द्र सिंह साउद, प्रमोद शर्मा र मनोज ज्ञवाली गरी ३ जना नेप्सेको जीएम पदका लागि सिफारिसमा परेका छन् । जसमध्ये एक जनालाइ मन्त्रीपरिषद् ले नियुक्त गर्नेछ । तर यी ३ मध्ये एक जना यस्ता व्यक्ति पनि सिफारिसमा परेका छन्, जसको पृष्ठभूमि नराम्रो होइन ‘थर्ड-क्लास’ नै छ । यौन काण्डका आरोपित देखि नेपाल इन्सुरेन्सको बर्खास्त भएको व्यक्तिसम्मका पात्रका रुपमा चर्चित भएका यी व्यक्ति हुन् चन्द्र सिंह साउद ।
हुन त पैसाका अगाडी महादेवका पनि तीन नेत्र भनिने गरिन्छ । र उनले नेप्सेको जीएम पदका लागि झन्डा २ करोड बुझाइसकेको चर्चा पनि छ । थुप्रै संचारमाध्यममा यस्ता आरोप आउँदा पनि उनले त्यसको खण्डन नगर्नुले पनि यो कुरा सत्य भएको स्पष्ट हुन्छ । अझ उत्कृष्ट ५ मा आउन १० लाख र उत्कृष्ट ३ मा आउन थप १५ लाख रुपैयाँ उनले बुझाएको भन्ने पनि चर्चा छ । निकै विवादित यस्ता व्यक्ति नेप्सेको जीएम भएको खण्डमा नेपाली पूँजी बजार अनिर्णयको बन्दी बन्ने पक्का छ ।
यी ७ कारण नेप्सेको जीएममा चन्द्र साउदलाइ नियुक्ति दिनु हुँदैन :

१. उनी पैसाका भरमा नेप्सेको जीएम हुन खोजेका छन् । अहिले पैसा लगानी गर्नेले पछी पुन: पैसा कमाउने तिर मात्र काम लाग्छ । यसले नीतिगत भ्रष्टाचार पनि बढाउँछ ।
२. उनले यसअघि पनि नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेको तथ्य सहित अख्तियारमा उजुरी परिसकेको छ । नेप्सेमा यस्तो आरोप लागेका व्यक्ति नियुक्त भएको खण्डमा त्यसले समग्र नेप्सेलाइ नै बेफाइदा हुन्छ । नेप्सेमा बसेर राम्रो काम गर्नु पर्ने ठाउँमा उनी यस्तै ‘खुरापाती’ काममा लाग्ने सम्भावना बढेको छ ।
३. उनी नियुक्त भएको खण्डमा लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिन्छ । उनी खास बोल्न जान्ने व्यक्ति पनि होइनन् । यो पदका लागि भएको अन्तर्वार्ता र प्रिजेन्टेशनमा पनि उनी सार्है कमजोर देखिएका थिए । उनी नियुक्त भएको खण्डमा उनलाई कालो मोसो दल्ने देखि नेप्सेमा अनशन बस्ने सम्मको तयारी लगानीकर्ताले गरेका छन् । यसले नेपाली पूँजी बजारलाई उँधोगति तर्फ लैजान्छ ।
४. यसअघि पनि उनी यौनकाण्डका आरोपित हुन् । एक महिलाले उनी विरुद्ध आफु यौन दुर्व्यवहारमा परेको भन्दै प्रहरीमा उजुरी परेको र यो प्रकरण थामथुम पारिएको चर्चा पनि सुनिएको छ । त्यस कारण उनी जीएममा नियुक्त भएको खण्डमा नेप्सेको महिला कर्मचारीको सुरक्षामा पनि प्रश्न चिन्ह उठ्छ ।
५. अहिले बाम एकता भएको छ । केहि समयपछि बाम गठबन्धनको सरकार आउने पक्का छ । यस्ता विवादित व्यक्तिलाई उक्त सरकारले कुनै पनि हालतमा निकाल्छ । अहिले नेपाल आयल निगमका गोपाल खड्काको प्रक्ररण नेप्सेमा पनि दोहोरिन्छ । पुन: नेप्सेको जीएम पद खाली हुन्छ । जसले बजार विकासलाइ सुस्त गतिमा लैजान्छ । यसले कांग्रेसी सरकार कमजोर रहेछ भन्ने पनि प्रमाणित गर्छ ।
६. चन्द्र सिंह साउदको मनग्य लगानी छ बजारमा । उनको आफ्नै इन्भेस्टमेन्ट कम्पनी पनि छ । उनी नेप्सेको जीएम पनि बजारको बिकास भन्दापनि आफ्नो पोर्टफोलियो राम्रो बनाउन जान इच्छुक भएको कुरामा कुनै शंका छैन । यसले बजारलाइ मात्र होइन उनलाई मात्र फाइदा हुन्छ ।
७. उनी बजारका केहि गलत व्यक्तिहरुबाट परिचालित छन् । नेप्सेको सफ्टवेर निर्माणमा ठुलो घोटाला गरेका सीताराम थपलिया र त्यसको मतियार त्यहि वाईको कम्पनीले उनलाई साथ दिएका छन् । छोटोमा भन्दा उनी घुस खानकै निम्ति पनि त्यहाँ जाने इक्षा देखाएका व्यक्ति हुन् । त्यसैले उनको आगमनले नेप्से बर्षौं पछि धकेलिन्छ । उनी नेपाल इन्सुरेन्स बाट बर्खास्त गरिएका व्यक्ति समेत हुन् ।
यी त मैले बुझेका / देखेका कुराहरु मात्र भए । उनका बारेमा अनेक चर्चा छन् बजारमा जुन लेख्नेलाई पनि लाज हुन्छ, पढ्नेलाई पनि लाज हुन्छ । ती कुरा तपाँइलाइ पनि थाहा नै होला । सरकारले पनि यस्ता विवादित व्यक्ति नेप्सेमा ल्याउनु अघि एक पटक सोच्नुपर्ने देखिन्छ ।   
उनी बाहेक नेप्सेमा जो आए पनि हुन्छ । बाँकी दुइ कस्ता छन् भन्दा पनि साउदको तुलनामा धेरै राम्रा छन् भन्ने कुरामा कुनै शंका नै छैन ।  

(यी लेखकका निजी विचार हुन् । नेप्सेको जीएमजस्तो संवेदनशील विषयमा यस्ता विषय आएकाले स्थान दिएका हौँ ।- सम्पादक)   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: