सरकार पुनर्गठनलाई मुख्य मुद्दा बनाउँदै कांग्रेस गठबन्धनमा छलफल सुरु
Powered by Blogger.
सरकार पुनर्गठनलाई मुख्य मुद्दा बनाउँदै कांग्रेस गठबन्धनमा छलफल सुरु

काठमाडौँ - प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने निर्णय गरेका ६ दलले आजदेखि थप छलफल गर्दैछन । आजै कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर छलफल सुरु हुने नेताहरुले बताएका छन ।

बुधबार बसेको ६ दलको बैठकले कांगेस्रबाट दुईजना र अन्य दलबाट एकएक जना गरी सात सदस्यीय कार्यदल बनाउने सहमति गरेको थियो । गठबन्धनको टुंगो लागिसकेपछि सरकार पुनर्गठनका बारेमा पनि छलफल गर्ने तयारी रहेको दलहरुले बताएका छन् ।

कांग्रेसको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएर आउँदो मंसिरमा हुने चुनावमा जाने निर्णय गरेका हुन् । - एस काठमाडौँ 

प्रकाशित मिति : Thursday, October 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...