×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साताको तस्विर : आइएमइको काउन्टरमा गाई पस्दा सामाजिक संजालमा यस्तो चर्चा !

काठमाडौँ- एउटा गाई आइएमइ काउन्टरमा पस्यो । काउन्टरमा कोहि थिएनन् ।  कसैले फोटो खिच्यो र राख्यो फेसबुकमा । पछि त फोटो भाइरल नै भयो । नेपालका बरिष्ट पत्रकारहरुदेखि भर्खर कलेज पढ्ने युवा-युवतीहरुले पनि यो फोटो फेसबुकमा हालेका छन् ।
कतिपयले, ‘कमल थापाज्यू गाई त आइएमइ तिर पो गएछ’ भनेर व्यंग्य समेत गरेका छन् । कतिपयले आइएमइको यस्तै लुट जारी रहने हो भने आइएमइमा मान्छे होइन गाईबस्तु मात्र जान्छन् भनेर पनि गुनासो पोखेका छन् । कतिपय फेसबुकका प्रयोगकर्ताहरुले गाई छिर्दा समेत कोहि देखिंदैनन् त आइएमइमा भनेर पनि पोष्ट गरेका छन् ।
पछिल्लो समय आइएमइका लुटका कहानीहरु एक-एक गरी सार्वजनिक भइरहेका छन् । यहि बेला सामाजिक संजालमा देखिएको यस्तो तस्विरले सबैको एक पटक मुड फ्रेश त गराएको छ नै, आइएमइको कमजोर व्यवस्थापनपनि दर्शाएको छ ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: