दशैं लगत्तै आजबाट डा. केसी अनशन बस्ने, तिहारसम्म माग पूरा नभए पुन: स्थगित गर्ने !
Powered by Blogger.
दशैं लगत्तै आजबाट डा. केसी अनशन बस्ने, तिहारसम्म माग पूरा नभए पुन: स्थगित गर्ने !


काठमाडौँ - दशैंका लागि भन्दै स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन दशैं सकिए लगत्तै फेरि सुरु हुने भएको छ । दशैं सकिएपछि आज अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । शैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरेका थिए ।

यता अनशन बसेर तिहारसम्म पनि माग पूरा नभए उनी पुन : अनशन स्थगित गरेर तिहार पछी सुरु गर्ने पक्षमा छन् । केहि दिन पछि फेरि छठका लागि पनि उनको अनसन स्थागित हुन सक्ने उनी निकटहरु बताउँछन् । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए ।

प्रकाशित मिति : Thursday, October 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...