×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस सभापतिलाई निर्वाचन आयोगले दियो कडा चेतावनी

विराटनगर  – निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै नेपाली कांग्रेस मोरङका सभापति डिकवहादुर लिम्वुलाई निर्वाचन आयोगले सचेत गराएको छ । पूर्व सभासदसमेत रहेका लिम्वुले सोमबार मोरङको १ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मिक्लाजुङ गाउँपालिका १ टाँडीका स्थानीयलाई सोलर प्यानल वितरण गरेका थिए ।
निर्वाचन आचारसंहिता विपरित सोलार प्यानल वितरण गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयमा सभापति लिम्वु विरुद्ध उजुरी परेपछि लिम्वुलाई सचेत गराइएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले बताए । निर्वाचन कार्यालयले आइन्दा यस्तो कार्य नदोहोर्‍याउन समेत लिम्बुलाई चेतावनी दिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयले नेपाली कांग्रेस मोरङलाई उजुरीको विषयमा समेत पार्टीको आधिकारिक जवाफ यथाशिघ्र पठाउन समेत भनेको छ । पूर्व सभासद लिम्वु मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्वर १ मा पर्ने सोही क्षेत्रवाट चुनाव लड्ने तयारीमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: