आइफोनमा देखियो ब्याट्री फुल्ने समस्या
Powered by Blogger.
आइफोनमा देखियो ब्याट्री फुल्ने समस्या

एजेन्सी - एप्पलले हालै मात्र सार्वजनिक गरेको आइफोन ‘एट’ र ‘एट प्लस’ का व्याट्रीमा समस्या देखा पर्न थालेको छ । यी दुई फोनहरुमा प्रयोग भएको ब्याट्रीमा फुल्ने समस्या देखिन थालेको हो ।

यसअघि ताइवानकी एक प्रयोगकर्ताले फोन चार्ज गर्दा ब्याट्री फुलेको अनभुव गरेपछि सो तथ्य बाहिर आएको हो ।

उनले खरिद गरेको ६४ जीबी भेरियन्टको रोज गोल्ड कलरको आइफोन एट करिब ३ मिनेट चार्जमा राखेपछि फोनको अघिल्लो भाग फुलेको थियो ।

त्यसलगत्तै जापान, चीन, क्यानाडा र ग्रिसमा समेत आइफोनका ब्याट्रीमा समस्या आएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

एप्पलले भने आइफोनका ब्याट्रीमा देखापरेको समस्याका बारेमा अनुसन्धान थालिएको बताएको छ ।

एप्प्लले दशौँ वार्षिककोत्सवको अवसर पारेर यस वर्ष तीन फोन एट, एट प्लस र एक्स सार्वजनिक गरेको थियो । यी मध्ये ‘एट’ र ‘एट प्लस’ को बिक्री गत सेप्टेम्बर २२ देखि खुला गरिएको थियो भने एक्सको भने यसै महिनाको २७ तारिखबाट अनलाइन बुकिङ आरम्भ हुँदैछ ।

गत वर्ष नोट सेभेनमा ब्याट्री पड्किने, फुल्ने जस्ता समस्या देखा परेपछि सो मोडल बजारबाट कम्पनीले फिर्ता लगेको थियो ।

प्रकाशित मिति : Sunday, October 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...